news
दादी जानकीज्यू प्रति श्रद्धासुमन
आध्यात्मिक उडानको चुचुरोमा पुग्नु भएकी, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र अन्तर्राष्ट्रिय निवर्तमान प्रमुख, Most Stable Mind in The World (विश्वमै स्थिर मन भएकी महिला को उपाधिले सम्मानित) विश्वको १४५ भन्दा अधिक राष्ट्रहरुमा मानवीय मुल्य तथा राजयोग शिक्षाको बीजारोपण गरी हजारौं सेवाकेन्द्रहरुको स्थापना गरेर लाखौं आत्माहरुलाई एक नयाँ जीवन दिनु भएकी परमआदरणीय राजयोगिनी ब्रह्माकुमारी डा. दादी जानकीज्यूले १०४ वर्षको उमेरमा आफ्नो पुरानो देहलाई त्यागेर परमात्माको काखमा जानु भएको आज १३ औं दिनको पुण्य तिथिमा उहाँ प्रति भावपूर्ण हार्दिक श्रद्धासुमन तथा श्रद्धाञ्जली अर्पण गर्दछौं ।
– ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय बुटवल तथा ग्लोबल पिस रिट्रिट सेन्टर, बुटवल ।
news
ब्रह्माकुमारीज् बुटवल नेपाल होली महोत्सब 2075 सबैलाई होलीको शुभकामना
news
ग्लोबलपिस रिट्रीट सेन्टर बुटवल नेपाल
खुशियालीजीवनएवंस्वस्थसमाजकालागिराजयोगमेडिटेशन_शिविर विषयक ७ दिवसीय आवासिय शिविर उद्घाटनका केही झलकहरू। कार्यक्रममा ब्रह्माकुमारीज् नेपालकी वरीष्ठ उपाध्यक्ष एवं सह-निर्देशक आदरणीय राजयोगिनी ब्रह्माकुमारी कमला दिदी, ५ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय कुल बहादुर के.सी., ५ नं. प्रदेशका माननीय सांसद इन्द्रजीत थारू, ५ नं. प्रदेशका माननीय सांसद चेतनारायण आचार्य, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे, ग्लोबल पिस रिट्रीट सेन्टरका निर्देशक राजयोगी ब्रह्माकुमार नारायण (नरेन्द्र) दाजु, बरीष्ठ राजयोग प्रशिक्षक राजु घले लगायतका विशिष्ट व्यक्तिहरू मंचासिन हुनुहुन्थ्यो । कार्यक्रममा करीब ३०० जनाको उपस्थिति थियो ।
news
नेपाल, क्षेत्रीय कार्यालय बुटवलद्वारा महाशिवरात्रिमहोत्सवको उद्घाटन समारोहका
बुटवल, नेपाल: ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय बुटवलद्वारा ग्लोबल पिस रिट्रीट सेन्टर, ढवाहा, बुटवलमा आयोजित #१५दिवसीयदुर्व्यसनमुक्तिएवंजनचेतनामूलककार्यक्रम–#महाशिवरात्रिमहोत्सवको उद्घाटन समारोहका केही झलकहरू… कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालकी वरिष्ठ उपाध्यक्ष एवं सह–निर्देशक ब्रह्माकुमारी कमला दिदीको अध्यक्षता एवं भौतिक पूर्वाधार विकास मन्त्री माननीय बैजनाथ चौधरीको प्रमुख आतित्थ्यता, ग्लोबल पिस रिट्रीट सेन्टरका निर्देशक ब्रह्माकुमार नारायण दाजु, १२ नं. वडाका वडाध्यक्ष, दुर्गा सुवेदी, समाजसेवी एवं लुम्बिनी वाणिज्य क्याम्पसका पूर्व प्रमुख डा. ईश्वर गौतम, सनराईज बैंकका ५ नं. प्रदेश प्रमुख राजेन्द्र घिमिरे, माउण्ट आबू, भारतबाट आउनुभएका प्रोफेसर एवं शिक्षाविद्, प्रत्रकारहरु आदिको आतित्थ्यता थियो । कार्यक्रममा केक कटिङ्ग एवं परमात्मांकित झण्डा फहराउने कार्यक्रम समेत सम्पन्न भयो । अन्त्यमा माननीय मन्त्रीज्यूले रिट्रीट सेन्टरमा वृक्षरोपण समेत गर्नुभयो । कार्यक्रममा विभिन्न विधाका लगभग ५०० जना व्यक्तिहरुको उपस्थिति रह्यो ।
-
news7 years agoButwal (Nepal):Rakshya Bandhan Mahotsav
-
news8 years agoButwal (Nepal) -प्रदेश न. 5 के नवनिर्वाचित मुख्यमन्त्री और मन्त्रीयों का बधाई एवं सम्मान कार्यक्रम (Felicitation to New Chief Minister of State No.5))
-
news8 years agoब्रह्माकुमारीज् बुटवलमा स्वागत पश्चात् आफ्ना ईश्वरीय अनुभवहरू सुनाउनुहुँदै ब्रह्माकुमार हेमन्त भाईजी (मधुवन)….
-
news7 years agoबुटवल नेपाल: लुम्बिनी एक्स्पो-२०७५ अन्तर्राष्ट्रिय व्यापार मेला
-
news7 years agoग्लोबलपिस रिट्रीट सेन्टर बुटवल नेपाल
-
news8 years agoब्रह्माकुमारीज् बुटवलमा स्वागत पश्चात् आफ्ना ईश्वरीय अनुभवहरू सुनाउनुहुँदै ब्रह्माकुमार ओम भाईजी….
-
news9 years agoब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा माईण्ड म्यानेजमेन्ट कार्यक्रम सम्पन्न…..
-
news7 years agoनेपाल, क्षेत्रीय कार्यालय बुटवलद्वारा महाशिवरात्रिमहोत्सवको उद्घाटन समारोहका
































































