news
ग्लोबल पिस रिट्रीट सेन्टर, बुटवल, नेपालमा आवासीय शिविर सम्पन्न
बह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय बुटवलले पिस पार्क कम रिट्रीट सेन्टर, बुटवलमा खुशियाली जीवन एवं स्वस्थ समाजका लागि राजयोग मेडिटेशन शिविर विषयक ६ दिने आवसीय राजयोग शिविर बह्माकुमारी ईश्वरीय विश्व विद्यालय, गुल्मी क्षेत्रकी संचालिका राजयोगिनी ब्रह्माकुमारी सीमा दिदीज्यूको अध्यक्षता एवं ग्लोबल पिस रिट्रिट सेन्टरका निर्देशक राजयोगी ब्रह्माकुमार नारायण (नरेन्द्र) को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय स्तरका कुशल प्रशिक्षक ब्रह्माकुमार राजु घलेको प्रमुख प्रशिक्षण कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी हुनुभएका विभिन्न वर्ग र क्षेत्रका १२० जनाको उपस्थिति रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रम, दिनभरीको कार्यव्यस्तताबाट मानव मनमा सिर्जित तनाव र सोको व्यवस्थापन गरी खुशीयाली जीवन एव स्वस्थ समाज निर्माण गर्ने कला संग सम्बन्धित रही मर्म स्पर्शी एवं व्यवहारीक प्रशिक्षण गरिएको छ । कार्यक्रममा बोल्दै बह्माकुमारी ईश्वरीय विश्व विद्यालय गुल्मी क्षेत्रकी प्रमुख संचालिका राजयोगिनी ब्रह्माकुमारी सीमा दिदीले कुनैपनि व्याक्तिले आफू भित्रको काम क्रोध लोभ मोह र अहंकार जस्ता विकार नाश नगरेसम्म उसमा सकारात्मक चिन्तनको विकास नहुने बताउँदै आजको विश्वमा नकारात्मक चिन्तनको हावी भएकाले विश्व जगतमा सुख शान्ति र अमनचयन नभएको धारणा राख्नुभयो । उहाँले आजको समाजमा नैतिक मूल्यको गिरावट आएकोले समाजलाई मूल्यनिष्ठ बनाउन र व्याक्तिमा सवैगुण स्थापित गराउन राजयोग अभ्यासको आवश्यक रहेको कुरालाई जोड दिनुभयो ।
मन्तव्य राख्ने क्रममा सैनामैना व्यापार संघका अध्यक्ष दुर्गा प्रसाद गौतम, युनाईटेड अस्पताल, ४ नं. जीतपुरका निर्देशक सुन्दर आचार्य, पतञ्जली योग समिति कपिलवस्तुका अध्यक्ष आत्माराम आचार्य, गंगाकुमारी न्यौपाने, डुक बहादुर बस्नेत लगायतका व्यक्तिहरुले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो भने सहभागीहरु सबैले सबैलाई प्रेम गर्न सिकौं, प्रेम नै सबै समस्याहरुको समाधान हो, अब देखि कहिल्यै पनि नकारात्मक कुरा नसुन्ने र नसुनाउने आदी बाचाका साथ आ–आफ्नो प्रेरणादायी अनुभवहरु प्रस्तुत गर्नुभएको थियो । यसै गरी कार्यक्रमका प्रमुख अतिथि संस्थाका क्षेत्रीय सचिव एवं ग्लोबल पिस रिट्रीट सेन्टरका निर्देशक ब्रह्माकुमार नारायणज्यूले सम्पूर्ण शिविरार्थीहरुलाई शिविरबाट प्राप्त ज्ञानबाट नयाँ जीवन जीउनको लागि बधाई दिंंदै ग्लोबल पिस रिट्रीट सेन्टरले गरेको कार्यहरु लगायत ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय बुटवलमा निर्माण हुन गईरहेको उत्कृष्ट राजयोग सभागृहको बारेमा स्पष्ट पार्नुभयो । कार्यक्रम ब्रह्माकुमारी मीनाले सञ्चालन गर्नुभएको थियो ।
news
दादी जानकीज्यू प्रति श्रद्धासुमन
आध्यात्मिक उडानको चुचुरोमा पुग्नु भएकी, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र अन्तर्राष्ट्रिय निवर्तमान प्रमुख, Most Stable Mind in The World (विश्वमै स्थिर मन भएकी महिला को उपाधिले सम्मानित) विश्वको १४५ भन्दा अधिक राष्ट्रहरुमा मानवीय मुल्य तथा राजयोग शिक्षाको बीजारोपण गरी हजारौं सेवाकेन्द्रहरुको स्थापना गरेर लाखौं आत्माहरुलाई एक नयाँ जीवन दिनु भएकी परमआदरणीय राजयोगिनी ब्रह्माकुमारी डा. दादी जानकीज्यूले १०४ वर्षको उमेरमा आफ्नो पुरानो देहलाई त्यागेर परमात्माको काखमा जानु भएको आज १३ औं दिनको पुण्य तिथिमा उहाँ प्रति भावपूर्ण हार्दिक श्रद्धासुमन तथा श्रद्धाञ्जली अर्पण गर्दछौं ।
– ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय बुटवल तथा ग्लोबल पिस रिट्रिट सेन्टर, बुटवल ।
news
ब्रह्माकुमारीज् बुटवल नेपाल होली महोत्सब 2075 सबैलाई होलीको शुभकामना
news
ग्लोबलपिस रिट्रीट सेन्टर बुटवल नेपाल
खुशियालीजीवनएवंस्वस्थसमाजकालागिराजयोगमेडिटेशन_शिविर विषयक ७ दिवसीय आवासिय शिविर उद्घाटनका केही झलकहरू। कार्यक्रममा ब्रह्माकुमारीज् नेपालकी वरीष्ठ उपाध्यक्ष एवं सह-निर्देशक आदरणीय राजयोगिनी ब्रह्माकुमारी कमला दिदी, ५ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय कुल बहादुर के.सी., ५ नं. प्रदेशका माननीय सांसद इन्द्रजीत थारू, ५ नं. प्रदेशका माननीय सांसद चेतनारायण आचार्य, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे, ग्लोबल पिस रिट्रीट सेन्टरका निर्देशक राजयोगी ब्रह्माकुमार नारायण (नरेन्द्र) दाजु, बरीष्ठ राजयोग प्रशिक्षक राजु घले लगायतका विशिष्ट व्यक्तिहरू मंचासिन हुनुहुन्थ्यो । कार्यक्रममा करीब ३०० जनाको उपस्थिति थियो ।
-
news7 years agoButwal (Nepal):Rakshya Bandhan Mahotsav
-
news6 years agoदादी जानकीज्यू प्रति श्रद्धासुमन
-
news8 years agoButwal (Nepal) -प्रदेश न. 5 के नवनिर्वाचित मुख्यमन्त्री और मन्त्रीयों का बधाई एवं सम्मान कार्यक्रम (Felicitation to New Chief Minister of State No.5))
-
news8 years agoब्रह्माकुमारीज् बुटवलमा स्वागत पश्चात् आफ्ना ईश्वरीय अनुभवहरू सुनाउनुहुँदै ब्रह्माकुमार हेमन्त भाईजी (मधुवन)….
-
news7 years agoबुटवल नेपाल: लुम्बिनी एक्स्पो-२०७५ अन्तर्राष्ट्रिय व्यापार मेला
-
news7 years agoग्लोबलपिस रिट्रीट सेन्टर बुटवल नेपाल
-
news8 years agoब्रह्माकुमारीज् बुटवलमा स्वागत पश्चात् आफ्ना ईश्वरीय अनुभवहरू सुनाउनुहुँदै ब्रह्माकुमार ओम भाईजी….
-
news9 years agoब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा माईण्ड म्यानेजमेन्ट कार्यक्रम सम्पन्न…..























































